कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज आइतबार, कस्तो रहला तपाईंको आजको दैनिक फल ?

तुलालाई आज अप्रिय खबरले मन दुःखी हुने तर प्राविधिक शिक्षाको क्षेत्रमा जाँगर बढ्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले धोका दिनेछन् । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढेमा दिन सहज हुनेछ ।

वृष : धेरै साथीको साथ पाउने दिन छ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा फाइदा हुनेछ । परिवारको साथले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सहज छ । संगठनमा तपाईंको कामको प्रशंसा हुनेछ । हरेक काममा आफन्तको साथ मिल्नेछ । बोलीमा ख्याल गर्नु राम्रो हुनेछ । परिवारसँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : साना कुरामा रिस उठ्नसक्छ । शान्त बन्न सिक्नुपर्नेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारमा मेलमिलाप हुनेछ । राजनीति भन्दा कृषि र पशुपालनको क्षेत्रमा फाइदा हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।

सिंह : बोली र व्यवहारमा सचेत बन्नुपर्नेछ । फलामको व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी काममा भन्दा परोपकारमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षाको नतिजा पर्खिएको भए राम्रो परिणाम आउनेछ । स्वास्थ्यले साथ दिनेछ ।

तुला : अप्रिय खबरले मन दुःखी हुनेछ । प्राविधिक शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ । स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

वृश्चिक : दिन राम्रो छ । बोलीको प्रभावले अरुको परोपकार गर्न सकिनेछ । समाजसेवामा झुकाव रहनाले परिवारलाई समय दिन कठिन हुनसक्छ । सामाजिक सेवाको अवसर मिल्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा सोचेका काममा सफलता मिल्नेछ ।

धनु : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । राजनीतिक संगठनमा राम्रो पहुँच बन्नेछ । खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने जोखिम छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : दिन सामान्य छ। व्यवहारमा कुशलता प्रदर्शन गर्ने दिनछ । शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारमा खटपटी बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

कुम्भ : दिन राम्रो छ । आम्दानीका स्रोत धेरै छन् । विशेष गरेर दाजुभाइ र दिदीबहिनीले असहयोग गर्ने जोखिम छ । आफ्नो योजना सफल पार्न गणेशको पूजा गर्नु राम्रो हुनेछ ।

मीन : स्वास्थ्यमा समस्या हुनसक्छ । टाउको दुख्ने र पेट सम्बन्धी समस्याले सताउने छ । मध्य साढेसाती दशाले सञ्चित धनको खर्च गराउन सक्छ । बिहान उठेर शिवको भजन र पुजन गरेमा दिन सहज बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार