काठमाडौंः राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तिब्रता लिएको छ । हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । भने सो क्षेत्रमा नदी नियन्त्रणका कामले पनि तिब्रता लिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा सो प्रगति पेश गर्दै आउदो मंसिर मसान्त भित्र रुख तथा पोलहरुको लगत नम्वरीङकोे कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि यस समितिको मिति २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।
साथै, उक्त समितिका सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय समेत गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया