भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठी सम्पन्न

सञ्चार, डिजिटल शासन, सामाजिक विकास र हिमालय क्षेत्रका देशहरूबीचको आपसी सहकार्यका विषयमा व्यापक छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २३ गते । दुईदिने तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास संगोष्ठी शनिबार काठमाडौंमा सम्पन्न भएको छ । संगोष्ठीमा सञ्चार, डिजिटल शासन, सामाजिक विकास र हिमालय क्षेत्रका देशहरूबीचको आपसी सहकार्यका विषयमा व्यापक छलफल भएको छ ।

May be an image of one or more people, dais and textत्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभाग, कीर्तिपुरमा सम्पन्न सो संगोष्ठीमा नेपालसहित अमेरिका, चीन, भारत, भुटान, बंगलादेश, श्रीलंका र जापानका विद्वान्, अनुसन्धानकर्ता तथा सञ्चार विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै देश–विदेशका विश्वविद्यालयका विद्यार्थीहरूले पनि सक्रिय उपस्थिति जनाएका थिए ।

May be an image of dais and textसंगोष्ठीमा सञ्चार माध्यमको रूपान्तरण, एआईको प्रभाव, डिजिटल मिडियाको भविष्य, क्षेत्रीय सहकार्यका सम्भावना, पहाडी क्षेत्रमा लैङ्गिक समानता, र विकास नीतिहरूको प्रभावकारिताजस्ता विषयमा ४० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. खड्क केसी र उपकुलपति प्रा. दीपक अर्यालले सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै परा–हिमालय क्षेत्रका देशबीच साझा चुनौती र अवसरहरूमा अनुसन्धानात्मक सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँहरूले हिमालय क्षेत्रको संवेदनशील भूराजनीतिक, वातावरणीय र सामाजिक सन्दर्भमा सञ्चारको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

May be an image of studying and textकार्यक्रममा चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (UESTC) का प्रतिनिधि, भारतका जवाहरलाल नेहरू विश्वविद्यालय, पञ्जाब विश्वविद्यालय, कुमाउ विश्वविद्यालय, र श्रीलंकाका युनिभर्सिटी अफ कोलम्बोका प्राध्यापकहरूले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

May be an image of one or more people, dais and textसंगोष्ठीको संयुक्त आयोजन त्रिवि पत्रकारिता केन्द्रीय विभाग र युइएसटीसीको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनले गरेको थियो । सो अवसरमा ‘रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टेलिजेन्स गभर्नेन्स इन पान–हिमालय रिजन’ स्थापनाको घोषणा पनि गरिएको थियो, जसले भविष्यमा क्षेत्रीय नीति, सञ्चार र प्रविधि सम्बन्धी अनुसन्धानलाई प्रवर्द्धन गर्ने जनाएको छ ।

May be an image of television, newsroom and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार