काठमाडौँ- देशभर तीव्रगतिमा विस्तार भइरहेको इन्टरनेट सेवाको उपयोग र विद्यार्थी वर्गमा बढ्दो मागलाई ध्यानमा राख्दै नेपाल टेलिकमले ‘एनटी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ।
यो अफर वि.स.२०५४ साल वा त्यसपछि जन्मिएका विद्याथीहरूका लागि लक्षित गरिएको हो। यसअन्तर्गत विद्यार्थीहरूले किपायती मूल्यमा उच्च गुणस्तरीय फाइबर इन्टरनेट सेवा पाउने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।
यो अफरअन्तर्गत विद्यार्थीले ३० एमबीपीएस गतिको इन्टरनेट एक वर्षका लागि ४ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्।
यो सेवा लिन विद्यार्थीले आफ्नो परिचयपत्र, जन्ममिति खुल्ने प्रमाणपत्रको प्रतिलिपिसहित सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपर्ने हुन्छ। यो प्याकेजको अवधि सकिएपछि पुनः नवीकरण गर्न नसकिने टेलिकमले जनाएको छ।
सेवा निरन्तरता चाहने विद्यार्थीले टेलिकमको साविकको नियमित प्याकेजहरूमध्ये आफूलाई उपयुक्त योजना छनोट गर्नुपर्ने टेलिमको भनाइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया