काठमण्डाैंः चितवनमा कोरोना भाइरस संक्रमणबाट थप १ जना पुरुषको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका १ बस्ने ६४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो।
उनी भदौ १९ गते कोभिड संक्रमणसँगै खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल, चितवनको आइसीयूमा भर्ना भएका थि ए। उनलाई अस्पताल भर्ना हुनुभन्दा दुई दिनअघि नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
कोभिड आइसीयूको भेन्टीलेटरमा राखेर उपचार भइरहेका पुरुषको मंगलवार साँझ साढे ५ बजे मृत्यु भएको असपतालले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया