मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

राउते खोलामा पक्की पुल निर्माणले नागरिकलाई सहज

पक्की पुल बनेपछि यातायात सञ्चालन सहज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर। जिल्लाका पश्चिमी क्षेत्रका स्थानीयवासीको मुख्य समस्याका रूपमा रहेको राउते खोलामा पक्की पुल बनेपछि सहजता भएको छ । पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय अहिले सहज रूपमा आवतजावत गर्न थालेका छन् ।

राउते खोलामा पक्की पुल निर्माणपछि छिमेकी जिल्ला खोटाङसँगको आवतजावत पनि सहज भएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । राउते खोलामा पुल बनेपछि स्थानीयको दैनिकीमा थप सहजता आएको उहाँको भनाइ छ ।

“राउते खोलामा पक्की पुल नहुँदा यहाँका नागरिकले धेरै सास्ती भोग्दै आएका थिए,” उहाँले भन्नुभयो, “अब यो खोलामा पक्की पुल बनेर सञ्चालनमा आएको छ । यसले यहाँको जनजीवनमा सहजता थपेको छ । यो पुलले छिमेकी जिल्लाका खोटाङका नागरिकलाइसमेत राहत पु¥याएको छ ।”

राउते खोला पुलले साविक वडा नं ७ राउते र साविक वडा नं ५ लेखर्कलाई जोडेको छ । यो खोलामा खोलामा कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरले तीन करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार, एक स्पानमा निर्माण भएको यो पुलको कुल लम्बाइ १६ मिटर २० सेन्टिमिटर रहेको छ । पुल सञ्चालनमा आएपछि स्थानीयको वषौँदेखिका समस्या हटेको उहाँको भनाइ छ ।

बाढी आउने समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा अहिले पक्की पुल बनेपछि यातायात सञ्चालन सहज भएको सवारी चालक मिलन तामाङले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार