भाद्र ९, २०८३ मंगलबार August 25, 2026

प्रधानमन्त्री कार्कीलाई दलहरू ‘सिध्याउने’ जिम्मेवारी दिइएको छ : एमाले उपाध्यक्ष बादल

दलहरू सिध्याउने जिम्मा प्रधानमन्त्री कार्कीलाई दिइएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री सुशीला कार्कीलाई दलहरु सिध्याउने जिम्मेवारी दिइएको टिप्पणी गरेका छन् । आज (शनिबार) एमाले चितवनले अयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्कीले दलहरु सिध्यान सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिइने बताए ।

‘सुशीला कार्कीलाई दलहरूलाई सिध्याउने जिम्मेवारी दिइएको छ। उनले सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिन्छन्,’– उनले भने ।

साथै, उनले स्थापित दलहरूले आत्मसमर्पण गरे भनेमात्रै आगामी फागुन २१ गते चुनाव सम्भव रहेको बताए । शैन्य अड्डा बनाउन दिने र पश्चिमा शक्तिको हितमा काम गर्छौं भनेर आत्मसमर्पण गर्नेलाई मात्रै चुनावमा जिताइने उनले बताए ।

उपाध्यक्ष बादलले पश्चिमाले चीन र भारतलाई टुक्राउने योजनाअन्तर्गत नेपालमा खेलिरहेको दाबी गरे । उनले नेपालको जलस्रोत, युरेनियमलगायतका खनिजमा कब्जा जमाउने, चीन र भारतको बजारमा विस्तार गर्ने पश्चिमा शक्तिको चाहना रहेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री
२०८३ भाद्र ९, मंगलबार
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
२०८३ भाद्र ९, मंगलबार
चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन
२०८३ भाद्र ९, मंगलबार
नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा
२०८३ भाद्र ९, मंगलबार
यी हुन् विश्वका सबैभन्दा पाँच मोटा नेता, पहिलो नम्बरमा किम जाेङ
२०८३ भाद्र ९, मंगलबार