काठमाडौंं, ८ भदौं। कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका बेलामा अमेरिकी प्रतिनिधिसँग भेट भए/नभएकोबारे प्रश्न उठेको छ।
नेपाली कांग्रेसका सांसद खडग शाहीले आजको बैठकमा अमेरिकी अधिकारी मुस्ताङ पुगेको कुरा बाहिरिएको भन्दै प्रश्न उठाएका हुन ।
“प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिएको छ । तर, सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको छ,” उनले भने ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको उनले दाबी गरेका छन ।
प्रधानमन्त्री मुस्ताङ जानुको उद्देश्यबारे सरकारले जानकारी नगराएको भन्दै उनको प्रश्न छ ।
“अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? प्रधानमन्त्रीज्यू र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा छलफल भएको हो वा होइन ?,” सांसद शाहीको प्रश्न छ।
जनतालाई प्रधानमन्त्रीले तथ्य जानकारी गराउनुपर्ने उनले बताए । न्यूजकारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया