मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन

अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), ३० कात्तिकः मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ ।

महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिनुभयो । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौरका ऋषिराम गौतम तथा सरिता गौतमले रु छ लाख नौ हजार सहयोग प्रदान गर्नुभयो । शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार