मंग्सिर ३, २०८२ बुधबार November 19, 2025

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

खेलको पाँचौँ तथा निर्णायक सेटमा १५–८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३–२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो।

सुरुआती दुई सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट भने १३–२५, १७–२५ ले गुमायो।

त्यसपछि खेलको पाँचौँ तथा निर्णायक सेटमा १५–८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल भयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया