मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा

नेपालले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान बनायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक ३० गते । नेपाल भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।

नेपालले यसअभि अस्ट्रेलिया र श्रीलङ्कालाई हराएको थियो । नेपाल दोस्रो खेलमा भने भारतसँग पराजित भएको छ । जितका लागि १८ रनको लक्ष्य पछ्याएको नेपालले चार बलमै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ९.४ ओभरमा सबै विकेटको क्षतिमा १७ रन मात्र बनाउन सक्यो । यो दृष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल हो । यसअघि दृष्टिविहीन क्रिकेटमा सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध २१ रन बनाएको थियो ।

अमेरिकाका कुनैपनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी  दिलसरा धमलाले तीन तथा सुनिता घिमिरेले एक विकेट लिनुभयो । दिलसरा प्लेयर अफ दि म्याच बन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार