असोज २४, २०८३ शनिबार October 10, 2026

बिडिसिए कपः दशरथचन्द एकेडेमी विजयी

एकेडेमीका आयुश चन्द म्यान अफ दी म्याच घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
बैतडी, ३० कात्तिकः बिडिसिए कपको २२औँ संस्करण अन्तर्गत आज सम्पन्न खेलमा दशरथचन्द एकेडेमी विजयी भएको छ । एकेडेमीले थालिगडा क्रिकेट क्लबलाई १०६ रनले पराजित गरेको हो ।
जितका लागि २७७ रनको लक्ष्य पछ्याउने क्रममा थालिगडा १९.२ ओभरमा १७० रनमा समेटियो । उसका लागि अमन तिरूवाले ५० र लोकेन्द्र रावलले ४४ रन बनाए । बलिङतर्फ एकेडेमीका निखिल चन्दले ३, दिनेश महरा र सुमित रावलले दुई दुई विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एकेडेमीको पारी ३७ ओभरमा २७६ रनमा समेटियो । उसका लागि आयुश चन्दले ८७, प्रयास रावलले ६६ र सुनिल चन्दले ५३ रन जोडे । बलिङतर्फ थालिगडाका नरेश रावलले ३ तथा जितु रावलले २ विकेट लिए । एकेडेमीका आयुश चन्द म्यान अफ दी म्याच घोषित भए ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि  सुरू भएको प्रतियोगिता आगामी मङ्सिर ५ गते सम्पन्न हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार