मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

बिडिसिए कपः दशरथचन्द एकेडेमी विजयी

एकेडेमीका आयुश चन्द म्यान अफ दी म्याच घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैतडी, ३० कात्तिकः बिडिसिए कपको २२औँ संस्करण अन्तर्गत आज सम्पन्न खेलमा दशरथचन्द एकेडेमी विजयी भएको छ । एकेडेमीले थालिगडा क्रिकेट क्लबलाई १०६ रनले पराजित गरेको हो ।
जितका लागि २७७ रनको लक्ष्य पछ्याउने क्रममा थालिगडा १९.२ ओभरमा १७० रनमा समेटियो । उसका लागि अमन तिरूवाले ५० र लोकेन्द्र रावलले ४४ रन बनाए । बलिङतर्फ एकेडेमीका निखिल चन्दले ३, दिनेश महरा र सुमित रावलले दुई दुई विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एकेडेमीको पारी ३७ ओभरमा २७६ रनमा समेटियो । उसका लागि आयुश चन्दले ८७, प्रयास रावलले ६६ र सुनिल चन्दले ५३ रन जोडे । बलिङतर्फ थालिगडाका नरेश रावलले ३ तथा जितु रावलले २ विकेट लिए । एकेडेमीका आयुश चन्द म्यान अफ दी म्याच घोषित भए ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि  सुरू भएको प्रतियोगिता आगामी मङ्सिर ५ गते सम्पन्न हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार