काठमाण्डाैंः कैलालीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा बोलाएर धनगढीकी २१ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रेस्टुरेन्ट एन्ड बारका सञ्चालक २० वर्षीय सन्जु पालसहित डडेल्धुरा अमरगढी नगरपालिका १ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय दीपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका १ का २१ वर्षीय टङ्क धामी रहेको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया