कार्तिक २९, २०८३ आइतबार November 15, 2026

मिथिला बिहारी नगरपालिकामा सर्प महोत्सव

मिथिला बिहारी नगरपालिका–२ कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव आजदेखि सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
जनकपुरधाम, ३० कात्तिकः ‘सर्पको महत्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ मूल नारासहित सर्प महोत्सव सुरु भएको छ ।
मिथिला बिहारी नगरपालिका–२ कल्चर भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव आजदेखि सुरु भएको हो । मिथिला वाइल्ड लाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा आयोजना गरिएको सो महोत्सव दुई दिनसम्म चल्ने छ । सर्प र मानवबीचको सहअस्तित्व, जैविक विविधता संरक्षण, र पर्यावरणीय सन्तुलनमा सर्पको भूमिकामा केन्द्रित छ ।
आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले सर्पको महत्वबारे नागरिकमा चेतना फैलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले सर्पलाई अझै पनि अन्धविश्वास र डरको प्रतीकका रूपमा लिने गरेको बताउँदै यो वातावरणका लागि महत्वपूर्ण भएको बताउनुभयो ।
महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछिको उपचार प्रक्रिया र उद्धारसम्बन्धी व्यावहारिक जानकारी दिने व्यवस्था गरिएको छ । सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी र जीवित सर्प प्रदर्शनीमार्फत सहभागीलाई प्रत्यक्ष अवलोकन र सिकाइको अवसर प्रदान गरिएको छ ।
अध्यक्ष मण्डलले महोत्सवको उद्देश्यबारे जानकारी दिँदै सर्प र मानवबीच द्वन्द्व न्यूनीकरण गर्दै यसको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्नु महोत्सवको मुख्य लक्ष्य भएको बताउनुभयो । स्थानीय नागरिक र पर्यावरणविद्हरूले महोत्सवको सराहना गर्दै सर्प संरक्षण र जैविक विविधता संरक्षण, जनचेतना फैलाउने माध्यमका रूपमा महत्वपूर्ण हुने आशा व्यक्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार