भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त साइबर सुरक्षा अभ्यास सुरु

गुप्तचर साझेदारी, बहुराष्ट्रिय साइबर सुरक्षा अभ्यासमा संयुक्त सहभागिता र अन्यमा सहयोग जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, मङ्सिर १ गते । सयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सम्भावित साइबर सुरक्षा खतराविरुद्ध आफ्नो संयुक्त तयारी बलियो बनाउन सोमबारदेखि संयुक्त साइबर सुरक्षा अभ्यास सुरु गरेको जनाइएको छ ।

शुक्रबारसम्म चल्ने साइबर एलायन्स अभ्यास मेरिल्यान्डको एक प्रशिक्षण सुविधामा हुने र यसको उद्देश्य भविष्यको साइबर युद्धका लागि राम्रो ब्रेसिङ गर्ने भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रशिक्षण सिम्युलेटेड साइबरट्याक्ट परिदृश्यअन्तर्गत सम्भावित साइबर सुरक्षा खतरालाई सम्बोधन गर्न सुचना तथा जानकारी र प्रक्रिया साझा गर्ने अभ्यास समावेश रहेको जनाइएको छ ।

योन्हाप समाचार एजेन्सीका अनुसार गत वर्ष दक्षिण कोरियाको साइबर अपरेसन कमान्डमा आयोजना गरिएको यो दोस्रो साई सुरक्षा सम्बन्धि अभ्यास हो । सियोल र वासिङ्टनले साइबर गठबन्धन प्रशिक्षण मात्र नभई साइबर खतराका लागि गुप्तचर साझेदारी, बहुराष्ट्रिय साइबर सुरक्षा अभ्यासमा संयुक्त सहभागिता र अन्यमा सहयोग विस्तार गर्न जारी राख्नेसमेत जनाएका छन् । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार