काठमाडौंः कोरोना भाइरस संक्रमणका कारण जारी गरिएको लकडाउन र निषेधाज्ञाले स्थगित आन्तरिक उडान असोज १५ गतेदेखि खुला गर्ने सरकारले तयारी गरेको छ ।
बिहीबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असोज १५ गतेदेखि आन्तरिक उडान शुरु हुन सक्ने जानकारी दिए ।
मन्त्री भट्टराईले असोज १५ देखि आन्तरिक उडान खुला गर्ने प्रस्ताव कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र सीसीएमसीमा पठाएको जानकारि दिए । उनले विदेशबाट चार्टर्ड तथा नियमित उडान गरेर आउने हवाई यात्रुको सीमा २५ सयदेखि तीन हजार जनासम्म पु¥याउने तयारी भइरहेको पनि बताएका छन् ।
चैत ११ मा लकडाउन घोषणाहुनुभन्दा केही समयअघि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान भदौ १६ देखि संचालनमा आइसकेको छ तर आन्तरिक उडान भने हालसम्म पनि सञ्चआलनमा आएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया