मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने

पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ । विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको यो सिनेमालाई दर्शकले मंसिर १८ गतेबाट हेर्न पाउने भएका हुन् ।

यसैक्रममा यो चलचित्र को नयाँ पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका अधिकांश कलाकार छन् । कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकार पोस्टरमा अटाएका छन् ।

सबै कलाकार क्यारेक्टर लुक्समा छन् । कामेश्वर साइकलका छन् । अरु कलाकार आआफ्नै क्यारेक्टर लुक्समा छन् । कुन कलाकारको यो चलचित्रमा कस्तो लुक्स छ भन्ने यो पोस्टरले प्रष्ट पारेका छ ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

चलचित्र प्राविधिक र कथानक दुवैमा बलियो रहेको निर्माणपक्षले दाबी गर्दै आएको छ । तराईको सेटअपमा रहेको सिनेमाले तराईको कथा भन्ने संकेत गरेको छ । जुन सिनेमाका मुख्य कलाकार कामेश्वर र लक्ष्मीको हुलियाले पनि प्रष्ट पार्छ ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
२०८२ मंग्सिर ७, आइतबार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा-सूची’ भएको दाबी
२०८२ मंग्सिर ७, आइतबार
‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : भीम रावल
२०८२ मंग्सिर ७, आइतबार
जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी
२०८२ मंग्सिर ७, आइतबार
बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
२०८२ मंग्सिर ७, आइतबार
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
२०८२ मंग्सिर ७, आइतबार