श्रावण १०, २०८३ आइतबार July 26, 2026

‘अभिमन्यु च्याप्टर–१’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

प्रेमिकाको मीठो सम्झना, साथ रहने वाचा बीचमै भंग हुँदा उत्पन्न पीडा, र अव्यक्त प्रेमको वेदना गीतमा मार्मिक रूपमा प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मंसिर १८ गते रिलिज हुने नेपाली चलचित्र ‘अभिमन्यु च्याप्टर–१’ ले आफ्नो नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक गरेको छ। दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको यो गीतमा सुशान्त गौतमको स्वर र संगीत रहेको छ भने सुरेश बादलले गीतका शब्द लेखेका छन्।

गीत प्रेम–वियोगमा छटपटिरहेको प्रेमीको मानसिक द्वन्द्व, बाँच्न–मर्न दुवै असमर्थ अवस्थाको भावनात्मक कथा लिएर आएको छ। प्रेमिकाको मीठो सम्झना, साथ रहने वाचा बीचमै भंग हुँदा उत्पन्न पीडा, र अव्यक्त प्रेमको वेदना गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कामेश्वर चौरसिया र लक्ष्मी बर्देवालाई प्रस्तुत गरिएको छ। भिडियोमा चलचित्रका फुटेज समावेश गरिएका छन्, जसले तराई–मधेशका दृश्यहरू आकर्षक ढंगले देखाउँछ।

चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देलका प्रमुख भूमिका रहेका छन्। सुशान्त गौतम निर्देशित उक्त चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन् भने कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार