असार २३, २०८२ सोमबार July 7, 2025

पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न अभियुक्त हरेराम कुर्मी बाराबाट पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न थप एक जना अभियुक्तलाई बारा प्रहरीले बिहिबार अपरान्ह बाराको कोल्हवी नगरपालिका ४ सपहीबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक रुद्र कडेलको नेतृत्वमा खटिएको टोलीले फरार अभियुक्त बारा महागढीमाई नगरपालिका-२ तेलकुवा निवासी तत्कालिन माओबादीका कार्यकर्ता ४५ वर्षीय हरेराम प्रसाद कुर्मी (पटेल) लाई अपरान्ह ३ बजे पक्राउ गरेको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

बारा जिल्ला अदालतबाट दोषी ठहर भई झन्डै १३ वर्ष देखी लुकीछिप्पी बस्दै आएका पटेललाई पक्राउ गरिएको उनले जानकारी दिए । ईनर्वासिरा गाविस–९ हाल जितपुरसिमरा उपमहानगरपालिका–१९ ईनवौसिरा निवासी पत्रकार विरेन्द्र साहलाई ३४ बर्षको उमेरमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ता समेत रहेका पटेल सहितका ५ जनाले अपहरण गरी निर्ममता पुर्वक हत्या गरेका थिए ।

पत्रकार साहको अपहरणमा संलग्न बाराका तत्कालिन जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन भनिने नरेन्द्र फौदार, हरेराम पटेल, रामएकबाल सहनी र मनेजर गिरी समेतले २०६४ असोज १८ गते ढोढियाको पिपरा बजारबाट अपहरण गरी टांगिया बस्ती नजिकको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।

पत्रकार साहको शव अपहरण भएको ३४ दिन पछि साविक गाविस डुमरवाना–७ को टाँगिया बस्तीको जंगलमा गाडिएको अवस्थामा कातिक २२ गते फेला परेको थियो । पत्रकार साहका हत्यामा संलग्न रहेका साविक गाविस ईनर्वासिरा गाविस–९ बस्ने ३४ वर्षीय मनेजर गिरी, र साविक गाविस खोपवा–८ निवासी २६ वर्षीय रामएकबाल सहनीलाई बारा जिल्ला अदालतले २०६८ जेठ १६ गते सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो ।

गिरीलाई ०६५ असोज १९ गते तथा सहनीलाई ०६५ पुस २१ गते बारा प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
हत्याका मुख्य अभियुक्त कुन्दन भनिने नरेन्द्र फौदार, हरेराम प्रसाद पटेल र लालबहादुर चौधरीको हकमा पुनरावेदन अदालत हेटौडाले ०६९ साउन १६ गते र सर्वोच्च अदालतले ०७३ पुस २० गते फरार रहेकाले करार सुचीमा राखी मुद्दा मुल्तबिमा राखेको थियो ।

पत्रकार साहको हत्या अभियोगमा मनेजर गिरी, रामएकबाल सहनी र कुन्दन फौजदार वीरगंजमा कारागारमा छन । हत्याका मुख्य अभियुक्त लालबहादुर चौधरी अझै फरार रहेको प्रहरी उपरीक्षक पगेनीले बताए ।

स्वर्गिय पत्रकार साह तत्कालिन अवस्थामा एभिन्यूज टेलिभिजन, हिमाल पार्थी, नेपाल खबर पत्रिका, दृष्टि सप्ताहिक, रेडियो नेपाल, मनोकामना एफएम लगायत आधा दर्जन बढी मिडियामा कार्यरत थिए । साहका श्रीमतिले हत्यारालाई फाँसीको सजाय दिन सरकारसित माग गरेन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार