कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आफ्नो राशिफल

मकरलाई आज सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : दिन राम्रो छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृष : मनमा प्रतिशोधका भाव आउने जोखिम छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । हिँड्दा अवरोध हुनसक्ने जोखिम छ । सोचेका काममा अवरोध हुनेछ । बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शुभकार्यका लागि मन अगाडि बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ । जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ । परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । तपाईंले गरेका प्रयास सफल हुने दिन छ । परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या : तपाईंले सोचेका काम सहज बन्नेछन् । रोगबाट मुक्त हुने दिन छ । परिवारले राम्रो साथ दिनेछ । फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ । विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ ।

तुला : दिन सामान्य छ । आम्दानीका दृष्टिले प्रगति हुनेछ । राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : बोल्दा सचेत बन्नुपर्नेछ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ । परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ ।

धनु : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ । राज्यको तर्फबाट सहयोग मिल्नेछ । सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ । साथीभाइले साथ दिनेछन् । तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ । तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ ।

कुम्भ : दिन सामान्य छ । धार्मिक कार्यमा सहभागी भए मनमा शान्ति मिल्नेछ । बिहान सुरुमै शिवको भजन गर्नाले दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ ।

मीन : दिन राम्रो छ । परिवारमा खुशी प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा थप मिहिनेत गरेमा प्रगति हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार
मध्यपुर अस्पतालको १६औँ साधारण सभा सम्पन्न, २० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी
२०८३ कार्तिक २८, शनिबार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३ कार्तिक २८, शनिबार