कार्तिक २२, २०८३ आइतबार November 8, 2026

त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै

कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दैछ। प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा  सभामा त्रिविको नीति तथा  कार्यक्रम पेस हुने  बताइएको छ। प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन्।

सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुने बताइएको छ।  यसअघि गत असार २६ गते तत्कालीन प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गरिएको थियो। त्यस समयमा तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया