भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

आचारसंहिता विपरीतका ४८ सामाजिक सञ्जालमाथि प्रेस काउन्सिलको कारबाही

मिडियामा आबद्ध नभएका १३ सामाजिक सञ्जाललाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। प्रेस काउन्सिल नेपालले सञ्चार आचारसंहिता विपरीत सामग्री प्रसारण गरेको आरोपमा ४८ सामाजिक सञ्जालमाथि कारबाही गरेको छ। काउन्सिलले विज्ञप्ति जारी गर्दै भ्रामक, उत्तेजनात्मक, गालीगलौजपूर्ण तथा हिंसा र सन्त्रास उकास्ने खालका सामग्री सम्प्रेषण गर्ने पेज, च्यानल र खातामाथि सो कदम चालिएको जनाएको हो।

काउन्सिलका अनुसार मिडियामा आबद्ध २५ सामाजिक सञ्जाललाई प्रतिकूल सामग्री तुरुन्त सम्पादन वा स्थगन गराउन निर्देशन दिइएको छ। साथै, यस्ता गतिविधि दोहोरिन नदिन सचेत गराइएको छ।

त्यसैगरी मिडियामा आबद्ध नभएका १३ सामाजिक सञ्जालबारे विस्तृत अनुसन्धान गरी कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीले पत्राचार गराइएको काउन्सिलले जनाएको छ।

कारबाहीमा परेकामध्ये अबाउट नेपाल यूट्युब च्यानल, ८८४८ न्यूज नेपाल फेसबुक पेज, गुड न्यूज नेपाल, नेपालतन्त्र फेसबुक पेजलगायतका पेज र च्यानलहरू रहेका छन्।

काउन्सिलले सामाजिक सञ्जालमा गलत, अफवाहपूर्ण तथा असत्य सामग्रीले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले आचारसंहिताको कडाइका साथ पालनामा सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार