मंग्सिर ११, २०८२ बिहिबार November 27, 2025

हङकङको ताईपोमा भीषण आगलागी : ३६को मृत्यु, २७९ जना अझै बेपत्ता

डिसेम्बर ७ का लागि तय भएको संसद्‌ चुनावी गतिविधि अनिश्चितकालका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । हङकङको ताईपो क्षेत्रमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार २७९ जना अझै बेपत्ता छन् भने २९ जनालाई अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये ७ जनाको अवस्था गम्भीर छ।

स्टेटका आठ आवासीय ब्लकमा भइरहेको मर्मतसम्भारकै क्रममा आपत् उत्पन्न भएको हो। जुलाई २०२४ देखि ब्लकहरूमा बाँसको स्काफोल्डिङ बनाइएका थिए र ती हरियो जालीले ढाकिएका थिए। स्टाइरोफोम जस्तो ज्वलनशील पदार्थ फेला परेको कारण आगो तीव्र गतिमा फैलिएको अधिकारीहरूले जनाएका छन्।

आगलागी बुधबार दिउँसो २:५१ बजे सुरु भएको प्रहरीले जनाएको छ। केही समयमै वाङफुक कोर्ट परिसरमा कालो धुवाँ उठ्न थालेपछि आगो तीव्र रूपमा फैलिन पुगेको हो। सुरुमा “नम्बर १ अलार्म फायर” का रूपमा वर्गीकृत गरिएको आगो क्रमशः दिउँसो ३:३४ बजे नम्बर ४ र साँझ ६:२२ बजे शीर्ष तह ५ मा उकासिएको थियो। हङकङमा आगलागी वर्गीकरण १ देखि ५ सम्म हुन्छ, जहाँ ५ सबैभन्दा गम्भीर मानिन्छ।

आगो फैलिएको सात भवनमध्ये तीनवटा भवनमा ठूलो क्षति पुगेको छ। बुधवार दिउँसो सुरु भएको आगो झन्डै १० घण्टापछि बिहीबार बिहान नियन्त्रणमा आएको हो।

हङकङका प्रमुख कार्यकारी जोन लीले राति नै प्रिन्स अफ वेल्स अस्पतालमा पत्रकार सम्मेलन गर्दै घटनालाई “ठूलो विपत्ति” भनेका छन्। घटनापछि ९०० भन्दा बढी व्यक्तिलाई सामुदायिक हलमा आश्रय दिइएको छ।

घटनाको संवेदनशीलता र क्षतिलाई ध्यानमा राख्दै डिसेम्बर ७ का लागि तय भएको संसद्‌ चुनावी गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको छ।

चीनका राष्ट्रपति सी जिनपिङले पनि विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेका छन्। सीसीटीभीका अनुसार उनले हताहती न्यूनीकरण गर्न अधिकतम प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

हङकङ सरकारले आगलागीको ठोस कारणबारे छुट्टै अनुसन्धान सुरु गर्ने जनाएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य
२०८२ मंग्सिर ११, बिहिबार
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन
२०८२ मंग्सिर ११, बिहिबार
प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै पौवादुङमा महिला
२०८२ मंग्सिर ११, बिहिबार
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
२०८२ मंग्सिर ११, बिहिबार
सुनको मूल्य घट्यो
२०८२ मंग्सिर ११, बिहिबार
हङकङको ताईपोमा भीषण आगलागी : ३६को मृत्यु, २७९ जना अझै बेपत्ता
२०८२ मंग्सिर ११, बिहिबार
बचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि अब ‘सफ्टवेयर’
२०८२ मंग्सिर ११, बिहिबार