मंग्सिर २, २०८३ बुधबार November 18, 2026

नाइजेरियामा अपहरण गरिएका ८९ जनाको उद्धारः राष्ट्रपति

देशमा विद्यमान सुरक्षा चुनौतिलाई ध्यानमा राख्दै सबै समुदायमा प्रहरी परिचालन गर्नु पर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अबुजा(नाइजेरिया), मङ्सिर ८ गते । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको मध्य क्षेत्रमा गत हप्ताको सुरुमा अपहरण गरिएका कम्तीमा ८९ जना पीडितको उद्धार  भएको पुष्टि गर्नु भएको छ ।

उद्धार गरिएका पीडितमा क्वारा राज्यको एरुकुको चर्चमा प्राथनाको क्रममा अपहरण गरिएका ३८ जना उपासक र शुक्रबार नाइजरको स्कूल आक्रमणमा पक्राउ परेका कम्तिमा ५१ जना विद्यार्थी रहेको टिनुबुले सामाजिक सञ्जाल एक्समा मार्फत एक विज्ञप्ति जारी गर्दै बताउनु भएको हो ।

अगवारा स्थानीय सरकारी क्षेत्रको सेन्ट मेरी स्कुलमा आक्रमण गर्ने आतङ्ककारीले कम्तीमा ३१५ जना विद्यार्थी तथा शिक्षकलाई बन्धक बनाएको बताइएका छन् । उहाँले नाइजेरियामा भएको अपहरणको घटनाको कारण दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको जी-२० शिखर सम्मेलनका लागि तय भएको योजनाबद्ध यात्रा रद्द गर्नु भएको थियो ।

पिडितहरुको उद्धार सुरक्षा एजेन्सीको समन्वयमा गरेको अपरेसनको कारण सम्भव भएको बताउनु भएको छ । प्रत्येक नाइजेरियालीलाई राज्यमा, सुरक्षाको अधिकार रहेको उल्लेख गर्दै राष्ट्रलाई सुरक्षित बनाई जनताको रक्षा गर्ने “टिनुबुले बताउनु भएको छ ।

नाइजेरियाका राष्ट्रपतिले प्रहरी र सरकारी अधिकारीलाई जनताको सुरक्षामा ध्यान केन्द्रित गरि सुरक्षा प्रदान गर्न आदेश दिदै टिनुबुले देशमा विद्यमान सुरक्षा चुनौतिलाई ध्यानमा राख्दै सबै समुदायमा प्रहरी परिचालन गर्नु पर्ने बताउनु भएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार