मंग्सिर २, २०८३ बुधबार November 18, 2026

गाजामा इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टिनीको मृत्यु

युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनीहरू मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । उत्तरी र मध्य गाजामा इजरायली आक्रमणमा कम्तीमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ। यो जानकारी हमासका मेडिकल र नागरिक रक्षा अधिकारीहरूले दिएका छन्।

अधिकारीहरूले शनिबारको आक्रमण आवासीय क्षेत्रहरू सहित पाँच स्थानमा भएको बताएका छन्। स्थानीय स्रोतहरूले मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमाण्डर पनि रहेको बताएका छन्।

इजरायली सेनाले गाजामा रहेका निशानाहरू शनिबारको घटनासँग सम्बन्धित रहेको बताएको छ।

सेनाका अनुसार एक हतियारधारी व्यक्तिले गाजा पट्टीको पहेँलो रेखा पार गरेर पूर्ण इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरे र सैनिकहरूमाथि गोली चलाएका थिए।

हमासले आरोप अस्वीकार गरेको छ। दुवै पक्षले एकअर्कालाई छ हप्ता अघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार