काठमाडौंः काठमाडौंमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक डेरावालको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा घरबेटी प्रेमलाल महर्जनको कुटाइबाट भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको हो ।
सामान्य विवादका क्रममा महर्जनले चौधरीलाई भाटाले हिर्काएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
चौधरी केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्न थालेको र शुक्रबार नै मापसे गरी उनको घरमा गएपछि विवाद भएको बताइएको छ । घरबेटी महर्जनलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया