कार्तिक २२, २०८३ आइतबार November 8, 2026

अन्तर विद्यालय रनिङ फुटबल प्रतियोगितामा पुलिस स्कूल पहिलो

विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजार प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
भक्तपुर, ११ मङ्सिर । एक्काइसौँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालय रनिङ फुटबल प्रतियोगितामा नेपाल पुलिस स्कूल विजेता भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा महाविद्यालयको टोली रातोलाई २–० गोलअन्तरले हराउँदै पुलिस स्कूल विजेता बनेको हो ।
यही मङ्सिर २ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा महाविद्यालयका दुई टोलीसहित उपत्यका भित्रका विभिन्न सैनिक तथा प्रहरी विद्यालय गरी १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा कुल १९ खेल सञ्चालन भएका महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
समापन समारोहमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सैनिक कल्याणकारी निर्देशनालयका सह निर्देशक महासेनानी उत्तम सापकोटा, नेपाली सैनिक प्रतिष्ठानका महासेनानी सुरज बैदवार, प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेललगायतले विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गर्नुभयो । विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजार प्रदान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया