मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

आज आइतबार, कस्तो छ तपाईंको राशिफल ?

मकरलाई आज एकल निर्णय भन्दा साथीभाइसँगको सल्लाहमा गरेको काम प्रभावकारी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : सञ्चित धन खर्च हुने दिन छ । तपाईंको उत्साह खोसिने जोखिम छ । साना कुराले मन अशान्त हुनसक्छ । वैदेशिक रोजगारीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : दिन सहज छ । हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ । विदेशी शिक्षा प्राप्त गर्ने चक्कर बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । शुभ ग्रहको बहुमत भएकाले प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

मिथुन : दिन सहज छ । आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ । लगानी गरेको भए फाइदा हुनेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ ।

कर्कट : कला र गलाको प्रदर्शन गर्ने दिन छ । एकल निर्णय गर्नु भन्दा दाजुभाइको सल्लाहमा अगाडि बढ्नु सहज हुनेछ । परिवार भित्रबाट भन्दा बाहिरबाट प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह : थोरै बोलेर अगाडि बढ्ने दिन छ । स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुनसक्छ । खानपानमा विशेष ध्यान दिनुपर्नेछ । गुरुकुलको शिक्षाप्रति सुझाव बढ्नेछ । धार्मिक शिक्षाले मन शान्त बन्नेछ । परिवारले हरेक ठाउँमा निगरानीमा राख्नेछन् ।

कन्या : दिन सहज छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : अनुत्पादक क्षेत्रको लगानीले तपाईंलाई दुःखी बनाउने छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । विपक्षी शान्त भएकाले आफ्नो काम बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिक : बोली र व्यवहारलाई पारदर्शी बनाउनु आवश्यक देखिन्छ । आम्दानीका क्षेत्र धेरै भएपनि एउटा बाटोलाई दीर्घकालीन बनाउनु राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ । सानो कुराले परिवारमा भने झन्झट आइपर्ने जोखिम छ ।

धनु : साथीको सल्लाहमा गरेको काम सफल बन्नेछ । प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले थोरै बोल्नु फाइदाजनक हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ ।

मकर : दिन सहज छ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । एकल निर्णय भन्दा साथीभाइसँगको सल्लाहमा गरेको काम प्रभावकारी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको भय भने कायमै रहेको छ ।

कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा नाफा हुनेछ ।

मीन : धेरै समयपछि दिन राम्रो छ । दैनिकी सहज हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पठनपाठनमा रुची बढ्नेछ । बिहान उठेर गणेशको भजन मात्र सुनेमा दिन सहज बन्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार