बैसाख १६, २०८३ बुधबार April 29, 2026

राष्ट्रपति पौडेलद्वारा श्रीलंकामा बाढीबाट भएको धनजनका क्षतिप्रति दुःख व्यक्त

“दुःख र कष्टको यो क्षणमा श्रीलंकाको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलंकामा हालै आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल एक्समार्फत त्यहाँ भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

“दुःख र कष्टको यो क्षणमा श्रीलंकाको सरकार तथा जनताप्रति सहानुभूति प्रकट गर्दछु । संकटको यो समयमा नेपाल सधैँ श्रीलंकाका साथमा छ”, राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया