मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशिफल

वृश्चिकलाई आज शुभ खबर सुन्ने दिन छ । शिक्षामा प्रगति हुनेछ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम छ । काम गर्नु अगाडि विवेक प्रयोग गर्नुपर्ने दिन छ । संकटमा स्वास्थ्यले भने साथ दिनेछ । पेट सम्बन्धी समस्या हुने जोखिम रहेको छ ।

वृष : दिन राम्रो छ । साथीको सहयोगमा सुरु गरेको काम सहज बन्नेछ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग सहकार्य हुने दिन छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । व्यवहारमा तपाईंको बोलीकै कारण समस्या हुनसक्छ । परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । विदेशको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : दिन राम्रो छ । सोचेका कामहरु बन्नेछन् । पारिवारिक जमघट हुनसक्छ । पठनपाठनमा रुची बढ्नेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : खानपानमा समस्या हुने दिन छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । अग्रजको अर्ती लिएर अगाडि बढ्दा दैनिकी सहज बन्नेछ । पेट सम्बन्धी समस्याले सताउने दिन छ ।

कन्या : दिन राम्रो छ । दाजुभाइसँग सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए लाभ मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठनले राम्रो साथ दिनेछ । व्यापारमा नाफा हुनेछ ।

तुला : धनलक्ष्मी योग परेको छ । यसलाई सदुपयोग गरेमा ठुलो नाफा प्राप्त हुनेछ । आफूभन्दा ठुला व्यक्तिसँगको भेटले मन शान्त हुने दिन छ । पुरानो रोगले सताउने जोखिम हुनसक्छ । साथीको सल्लाहमा अगाडि बढ्नु राम्रो होला ।

वृश्चिक : लगानीका क्षेत्र सबल छन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । घुमघामको योजना बन्नेछ । आज शुभ खबर सुन्ने दिन छ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा नाफा हुनेछ ।

धनु : गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । नियमित औषधी छुटेमा रोगले सताउने छ । परिवारमा झन्झट आइपर्न सक्छ । प्रेम सम्बन्धमा खटपटी हुनेछ ।

मकर : बिहान उठेर पिपलको दर्शन गरेमा फाइदा हुनेछ । परिवारिक मिलन हुनेछ । पठनपाठनमा मन जानेछ । आज आकस्मिक लाभ हुनेछ ।

कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । सोचेका काम बन्नेछन् । वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा रोजगारीका विकल्प देखिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । मुल त्रिकोणमा चन्द्रमा पुगेकाले रचनात्मक क्षमताको विकास हुनेछ । दाजुभाइ वा दिदीबहिनीको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीले राम्रो परिणाम दिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार