मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

महाधिवेशनसँगै कांग्रेस चुनावी प्रचारमा जुट्ने

पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ मङ्सिरः मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि नियमित महाधिवेशनमा जाने सहमति जुटेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिकासहितको निर्णय गरेको हो । आगामी फागुन २१ गते निर्धारित आमनिर्वाचन अघि वा पछि कहिले महाधिवेशन गर्ने भन्ने विषयमा सोमबारको कांग्रेस बैठकमा सहमति जुटेको हो ।

पार्टीभित्र संस्थापन र इतरपक्षबीच आमनिर्वाचन अगाडि वा पछाडि तथा विशेष र नियमित कुन महाधिवेशन गर्ने भन्ने विषयमा डेढ महिनादेखि बहस जारी थियो । महाविधेशनको तालिकाअनुसार कांग्रेसले क्रियाशील सदस्यता वितरण र वडादेखि जिल्ला तहसम्मका अधिवेशनलाई जनतामाझ पुग्नका लागि अवसरका रुपमासमेत उपयोग गर्ने जनाएको छ ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माले लामो प्रयासका बाबजुद सर्वसम्मत रुपमा महाधिवेशनको मिति तोक्न भएको सहमतिबाट पार्टीलाई बदलिएको समयबमोजिमको बनाउने प्रक्रियाको थालनी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस अब महाविधेशनसँगै निर्वाचनको कुरालाई पनि सँगै लिएर गाउँ जान्छ, हामी बदलिएर आउँदै छाँै र हामी मत लिनका लागि पनि आउँदै छौँ भन्ने अभियान सँगसँगै सुरु हुन्छ । यो महाधिवेशन मात्रै होइन, अहिलेको जेनजी आन्दोलनको परिवर्तनप्रति कांग्रेस के भन्न चाहन्छ ?, अहिलेका घटनाक्रमलगायतलाई कसरी बुझ्न चाहन्छ ?, कसरी बुझ्दछ ? र आगामी दिनमा त्यस्तो अवस्था हुन नदिनलाई आफूलाई कसरी नयाँ बनाउन चाहन्छ ? भन्ने सन्देश पनि दिन चाहन्छौँ ।”

महामन्त्री शर्माले कांग्रेसको आगामी महाधिवेशन र निर्वाचनको सँगसँगैको अभियानले मुलुकलाई निर्वाचनमय बनाउने र यसले अन्ततः संविधानलाई ट्र्याकमा ल्याउनलाई निर्वाचनमार्फत ल्याउन बल पु¥याउन विश्वास व्यक्त गर्नुभयो ।

महाधिवेशनको कार्यतालिकामा रहेको समयको चापलाई मध्यनजर गरी युद्धस्तरमा काम गर्ने उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेस केन्द्रीय समिति बैठक गत असोज २८ गतेदेखि प्रारम्भ भएको थियो । बैठकमा संस्थापनतिर पक्षधरले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन दर्ता गराएको थियो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यही मङ्सिर २३ गते समयावधि सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्यादसमेत दुई महिना थप गर्ने निर्णय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन २०७८ मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा भएको थियो । पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार यही मङ्सिर २० गतेभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिनेछ । मङ्सिर २४ गतेभित्र प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फाराम पठाइने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आगामी पुस १५ गतेभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गरी पुस १६ गते गाउँ÷नगर वडा अधिवेशन, पुस १७ गते गाउँ÷नगरपालिका अधिवेशन, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, पुस २१ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २२ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस २३ र २४ गते सातै प्रदेश अधिवेशनका गरिने तालिकामा उल्लेख छ ।

कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तर्फको उम्मेदवारीका लागि तथा प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) सदस्यको निर्वाचन तर्फका लागि प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत् स्पष्ट निर्देशनसहितको परिपत्र गर्ने निर्णय गरेको छ । कावा सभापति खड्काले सभापति शेरबहादुर देउवाको निर्देशन र सुझावअनुसार विभिन्न बैठक, छलफल र प्रयत्न पश्चात भएको सहमतिले नै मुलकको अहिले प्रतिकूल अवस्था र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थामा एकताबद्ध भएर निर्णय गर्न सफल भएको उल्लेख गर्नुभयो ।

कावा सभापति खड्काले लामो छलफल र बहसपछि महाधिवेशनमा सर्वसम्मति भएको बताउँदै अब सबै मिलेर १५औ  महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न र निर्वाचनमा होमिन सबैलाई एकताबद्ध भएर कसरी अगाडि बढान आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न अहिलेको मुलुकको प्रतिकूल अवस्थाको नेतृत्व गर्नसक्ने क्षमता प्रस्तुत गर्नका लागि बैठकमा भएको सहमतिले सकारात्मक सन्देश गएको छ । वर्तमान परिस्थितिको सामना गर्न त्यसको नेतृत्व गर्न र सबै राजनीतिक दलहरुसँग संवाद गर्दै अहिलेको महत्वपूर्ण जिम्मेवारीलाई सम्पन्न गर्नका लागि कांग्रेस प्रतिबद्ध छ, पार्टीमा भएको सर्वसम्मतिले कांग्रेस एकढिक्का छ भन्ने सन्देश गएको छ ।”

जेनजी आन्दोलनपछि गत असोज २८ पहिलो पटक बसेको कांग्रेसको बैठकमा सभापति देउवाले स्वास्थ्यको कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सभापति देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आफ्नै निवासमा सङ्घातिक हमलामा परी गम्भीर घाइते हुनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार