भाद्र ११, २०८३ बिहिबार August 27, 2026

पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

डिन कर्मचारीले भने केन्द्रीय कार्यालय परिसरमै पुगेर हाजिर गर्न थालेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, मंसिर १८ । पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालय विराटनगर–१ बाट सुन्दरहरैंचा–गोठगाउँस्थित केन्द्रीय परिसरमा सार्ने तयारी भएको भन्दै नेपाली कांग्रेस, तरुण दल र नेपाल विद्यार्थी संघका स्थानीय कार्यकर्ताले आज कार्यालयमा तालाबन्दी गरेका छन्।

जनता क्याम्पस परिसरमा रहेको डिन कार्यालय सार्ने विश्वविद्यालयको निर्णय विद्यार्थी र स्थानीयको सहमतिबिना गरिएको भन्दै उनीहरूले मूल प्रवेशद्वारसहित डिन कार्यालयको ढोकामा ताला लगाएका हुन्।

विश्वविद्यालयले कक्षा कोठाको अभाव तथा केन्द्रीय कार्यालयका अङ्गहरू एउटै स्थानमा समेट्नुपर्ने नीति अनुरूप डिन कार्यालय सार्ने तयारी गरेको उपकुलपति डा. बिजु थपलियाले बताए। पहिलो चरणमा कला, कानुन तथा शिक्षा तथा विज्ञान र प्रविधि संकायका कार्यालय सार्ने तयारी थियो।

तालाबन्दीपछि सामान सार्ने काम रोकिएको छ भने डिन कार्यालयका कर्मचारीले केन्द्रीय कार्यालयमै पुगेर हाजिर गर्न थालेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार