भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

‘सडक सुरक्षा’ रेडियो कार्यक्रम प्रसारण हुने

सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जनचेतनामूलक सामग्री प्रसारण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट सडक सुरक्षा रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेत र कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण हुने भएको हो ।

सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जनचेतनामूलक सामग्री प्रसारण गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रम प्रसारणसम्बन्धी दुईपक्षिय सम्झौतापत्रमा आज भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव अर्जुन कुमार बम र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख विजय कुमार बर्माले हस्ताक्षर गर्नुभयो । कार्यक्रम मासिक रुपमा, महिनाको अन्तिम मङ्गलवार बेलुकी ५ः४५ बजेदेखि ६ः०० बजेसम्म रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचनामूलक गतिविधिका साथै मुख्य रुपमा कर्णाली प्रदेशमा सडक पूर्वाधारको अवस्था, सडक दुर्घटनाको कारण, न्यूनीकरणका उपाय र अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रभावकारी सामाग्री संयोजन गरी कार्यक्रम उत्पादन गर्न मन्त्रालयका सचिव अर्जुन कुमार बमले सुझाव दिनुभयो । सडक सुरक्षा रेडियो कार्यक्रममा समेटिने चेतनामूलक सामाग्रीबाट सडक दुर्घटनाको जोखिम घटाउन सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार