भाद्र ९, २०८३ मंगलबार August 25, 2026

पूर्वअध्यक्ष रेग्मीद्वारा पूर्वप्रशासक सिंहको नियात्रा सङ्ग्रह लोकार्पण

८४ वर्ष पुग्नै लाग्नुभएका पूर्वप्रशासक सिंहले लगातार चार वटा कृति प्रकाशन गरी आफूलाई सक्रिय लेखकका रुपमा चिनाउन सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर २८ गते । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रशासक धनविक्रम सिंहद्वारा लिखित नियात्रा सङ्ग्रहको लोकार्पण गर्नुभएको छ ।

लेखनकुञ्ज ‘घोष्ट राइटिङ’द्वारा प्रकाशित उक्त पुस्तकमा ८३ वर्षीय लेखक सिंहले आफ्नो जीवनको विभिन्न कालखण्डमा गर्नुभएको यात्राको वर्णनलाई कलात्मक एवं रोमाञ्चक ढङ्गबाट प्रस्तुत गर्नुभएको बताइएको छ ।

नेपालका विभिन्न भागसहित भारत, हङकङ, पाकिस्तान, संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, अफ्रिकी मुलुक केनियालगायत बाह्य देशमा भ्रमण गर्दाको अनुभवलाई पुस्तकमा समावेश गरिएको छ ।

भारतको विहारमा स्कुल अध्ययन गर्दाको, उच्च शिक्षा अध्ययनसहित ३० वर्षको सरकारी सेवामा रहँदाको र सेवा निवृत्त भएपछिका दिनमा सम्हालेका अनुभवलाई समेटेर नियात्रा कृति तयार गरेको पूर्वप्रशासक सिंहले जानकारी दिनुभयो ।

पुस्तक लोकार्पण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले छ वर्षअघि पूर्वप्रशासक सिंहको पुस्तक लोकार्पण गरेको स्मरण गर्दै ८४ वर्ष पुग्नै लाग्नुभएका पूर्वप्रशासक सिंहले लगातार चार वटा कृति प्रकाशन गरी आफूलाई सक्रिय लेखकका रुपमा चिनाउन सफल हुनुभएको बताउनुभयो ।

सो अवसरमा नेपाल सरकारका पूर्वसचिव शम्भु कोइराला, रसियाका लागि पूर्वनेपाली राजदूत भीम उदास, नियात्रा समाजका उपाध्यक्ष इल्या भट्टराई, घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाललगायत वक्ताले लेखन कलालाई उमेरले छेक्न नसक्ने धारणा व्यक्त गर्दै पूर्वप्रशासक सिंहको अनुभवसहित समग्र पक्ष समेटिएको नियात्रा सङ्ग्रह पठनीय कृति बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार