भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै

प्रतिस्पर्धा स्थल बाहेक, गाइड डग रोबोटहरूले दृष्टिहीन खेलाडीहरूलाई सहयोग गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

शेन्जेन,२९ मङ्सिर । चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पु¥याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् ।

कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो पहिलो पटक हो कि यी दुई प्रतियोगिता गुआङ्ग्डोङ–हङकङ–माकाओ ग्रेटर बे क्षेत्रका तीनै क्षेत्रमा संयुक्त रूपमा आयोजना भएका हुन् ।

आयोजक समितिका अनुसार, प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण विशेषता प्रविधिको व्यापक प्रयोग हो । विभिन्न स्थलहरूमा इन्टरनेट अफ थिङ्स, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी पहुँचयोग्य र सहयोगी वातावरण निर्माण गरिएको छ ।

बेइजिङका स्वयंसेवक गोङ्ग वेईले एक वर्षदेखि दूरसञ्चार मार्फत साङ्केतिक भाषामा अनुवाद प्रदान गर्दै आएका छन् । प्रतियोगिता सुरु भएयता यस सेवामा माग उल्लेखनीय रूपमा बढेको छ । वीच्याटमार्फत प्रयोगकर्ताहरू केही सेकेन्डमै स्वयंसेवकसँग भिडियो कल गर्न सक्छन्, जसले भौगोलिक दूरी मात्र होइन, मनोवैज्ञानिक दूरी पनि घटाउने काम गर्छ ।

कार्यक्रमका विकासकर्ता शि चेङ्गचुआन, जो आफैं सुनाइमा अपाङ्गता भएका व्यक्ति हुन्, ले साङ्केतिक भाषा अनुवाद सफ्टवेयर र उपकरणहरू विकास गरेका छन्, जुन सरकारी कार्यालय, अस्पताल र विद्यालयहरूमा पनि प्रयोग भइरहेका छन् ।

गुआङ्ग्जौका खेलकुद अधिकारी झेङ चिहाओका अनुसार, विभिन्न स्थलहरूमा स्मार्ट र बाधारहित मोड्युलहरू जडान गरिएको छ । यसमा आपतकालीन सहायता बटन, पहुँचयोग्य प्रश्न प्लेटफर्म, स्मार्ट सेवा स्तम्भ र अनलाइन साङ्केतिक भाषा अनुवाद यन्त्रहरू समावेश छन्, जसले स्थलको केन्द्रीय नियन्त्रण प्रणालीसँग जडान भएर प्रयोगकर्ताको सुरक्षा र सुविधा सुनिश्चित गरेको छ ।

मुख्य मिडिया सेन्टरमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा एआई–समर्थित पहुँचयोग्य प्रणाली, रोबोट र उन्नत व्हीलचेयरहरू प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूको ठूलो चासो आकर्षित गरेको थियो । निर्माता ल्यु यी’आनका अनुसार, यी उपकरणहरूले उन्नत सन्तुलन नियन्त्रण एल्गोरिदम र भरपर्दो यान्त्रिक संरचनाका माध्यमबाट विभिन्न सतहमा स्थिरता र सुरक्षा सुनिश्चित गर्छन् ।

नयाँ परिचय गराइएको इलेक्ट्रोनिक डार्टबोर्डले व्हीलचेयर प्रयोगकर्ताहरूको सुविधा सुनिश्चित गर्न स्वतः उचाइ समायोजनको सुविधा दिएको छ । सानक्सी प्रान्तको अपाङ्गता डार्ट टोलीका प्रशिक्षक लुओ बाओगाङले भने, “डार्टबोर्डको स्वतः उचाइ समायोजनले यसलाई पारम्परिक मोडेलभन्दा धेरै सुरक्षित र भरपर्दो बनाएको छ, जसले खेलाडीहरूलाई बढी सहजता प्रदान गर्छ ।”

प्रतिस्पर्धा स्थल बाहेक, गाइड डग रोबोटहरूले दृष्टिहीन खेलाडीहरूलाई सहयोग गर्दै छन् भने डिजिटल ट्विन प्रविधिले स्थल सञ्चालनको वास्तविक समय निगरानी सम्भव बनाएको छ । यी आधुनिक उपकरणहरूले प्रयोगशालाबाट वास्तविक संसारमा प्रविधि लागू गर्ने अवसर पाएका छन् ।

आयोजन समितिका उपमहासचिव चेन् स्युजुनले अनुसार यी खेलकुदहरूले अपाङ्गता सेवाहरूलाई सामाजिक विकाससँग सम्पूर्ण रूपमा एकीकृत गर्ने अवसर प्रदान गरेका छन् । उनका अनुसार,“हामी उच्च गुणस्तर र दीगो प्रगतिका लागि निरन्तर प्रयासरत छौं, ताकि अपाङ्गता भएका व्यक्तिहरूले उज्जवल भविष्यको आशा गर्न सकून् ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार