भाद्र ९, २०८३ मंगलबार August 25, 2026

किशोर श्रेष्ठ सहित तीनजनालाई देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट सम्मान गरिदैं

सम्मानपत्रसहित पुरस्कारको राशि पचास हजार रुपियाँ दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस २ गते । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिले यस पटकदेखि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार प्रत्येक वर्ष फेब्रुअरी १३ अर्थात् स्व. गौतमको जन्मजयन्तीको अवसरमा प्रदान गर्ने निर्णय गरेको छ । यसअघि उक्त पुरस्कार स्व. गौतमको स्मृति दिवसमा प्रदान गरिँदै आएको थियो तर करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।

“स्मृति दिवसभन्दा जीवन र योगदानलाई उत्सवका रूपमा सम्झनु उचित ठानेका छौँ । गौतमले अँगाल्नुभएको मूल्य र पत्रकारिताको भावना जीवित रहोस् भन्ने उद्देश्यले यस पटकदेखि उक्त पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिने छ,” अध्यक्ष गौतमले भन्नुभयो । यस पटक जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ प्रदान गरिने भएको छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

यसै गरी करेन्ट पब्लिकेसनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पु¥याउँदै आउनुभएका प्राविधिक हरिबहादुर थापामगरलाई पनि देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ ।

यस्तै चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन) लाई नेपाल–चीन सञ्चार र अन्तर्राष्ट्रिय पत्रकारितामा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ प्रदान गरिने छ । सम्मानपत्रसहित यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार