असार २३, २०८२ सोमबार July 7, 2025

घरपायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्। आइतबार भने उनमा उत्साह थियो। स्थगित परीक्षा तेस्रो पटकको प्रयासमा दिन पाइन्।

‘तयारी गर्‍यो परीक्षा रोकिने, विद्यार्थीलाई यो भन्दा तनाव अरु के हुन्छ र रुु, उनले भनिन्, ‘एक पटक परीक्षा दिनु नै छ। विश्वविद्यालले घर नजिकै सेन्टर तोकेर परीक्षा सुरु गर्‍यो। हामी खुसी छौं।’

उनीमात्रै होइन, सोही संकाय पढ्ने ८५ जना विद्यार्थीको परीक्षा आइतबारबाट सुरु भएको छ। प्रायः सबै विश्वविद्यालयको परीक्षा अन्योल भइरहेका बेला लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तह र स्नातक तहको परीक्षा थालेको हो। विद्यार्थीलाई पायक पर्ने स्थानमै केन्द्र तोकेर परीक्षा सुरु गरेको छ। विद्यार्थीको सेमेष्टर नोक्सान हुन नदिन विश्वविद्यालयले नमुनाशैलीमा परीक्षा गरेको हो।

विद्यार्थीको घर पायकमा परीक्षा केन्द्र तोक्ने क्रममा एक जना हुम्लाका विद्यार्थीका लागि उहीं केन्द्र तोकिएको छ। विश्वविद्यालयका रजिष्ट्रार डा। तिलक आचार्यले विश्वविद्यालयले चुनौतिपूर्ण अवस्थामा पनि सहज तरिकाले परीक्षा सुरु गरेको बताए। ‘हामीले हुम्लाका एक विद्यार्थीका लागि उही केन्द्र तोकेर परीक्षा लियौुं, उनले भने,‘शैक्षिक कार्यक्रमको अन्योलता हटाउँदै अघि बढ्नुको विकल्प नभएकाले स्वास्थ्य साबधानी सहित परीक्षा सुरु गरेका छौं।’

लुम्बिनी, काठमाण्डौं, कपिलवस्तु, नवलपरासी, बुटवल, अर्घाखाँची र हुम्लामा परीक्षा केन्द्र तोएिको छ। स्नातकोत्तर तहमा भने अनलाइनमार्फत परीक्षा लिइएको हो। स्नातक तहका विद्यार्थीहरुले परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा दिएका छन्।

हुम्लाका विद्यार्थी खड्क जैसीले मानसरोवर बहुमुखी क्याम्पसको केन्द्रबाट परीक्षा दिए। परीक्षा केन्द्राध्यक्ष बसन्त रोकायले एकै समया परीक्षा भएको बताए। हुम्लामा प्रश्नपत्र इमेलमार्फत पठाइएको थियो। उत्तरपुस्तिका समेत इमेलबाटै विश्वविद्यालयमा आएको छ।

स्नातक तहमा कानून, बुद्धिज्म, भोट विषयमा परीक्षा सुरु भएको हो। स्नातकोत्तर तहमा म्युजोलोजी, आर्कोलोजी विषयको परीक्षा सुरु भएको छ। कानूनतर्फ मात्रै पहिलो समेष्टरका ८५ जना विद्यार्थी परीक्षामा सहभागि भएका छन्।

कोरोना महामारीबीच केन्द्रमा आएका विद्यार्थीहरु परीक्षा दिन पाउँदा उत्साहित छन्। ‘परीक्षाको तयारी गर्दै रोकिदै गर्दा तनाव अवस्था थियो, सेमेष्टर नै लस हुन्छ कि भन्ने चिन्ता अव हराएको छु, बुटवलको केन्द्रमा परीक्षा दिन आएकी अनिशा लम्सालले भनिन्। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार