काठमाडौँ, पुस ७ गते । स्पेनिस ला लिगाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा २–० गोलले हरायो । बार्सिलानाको जितमा राफिन्हाले १२औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । ६३औँ मिनेटमा लामिन यमलले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो ।
३९औँ मिनेटमा १० खेलाडीमा समेटिएको भिल्लारियलको गोल फर्काउने प्रयास सफल भएन । भिल्लारियलका रेनाटो भेइगा रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोनालाई जित निकाल्न सहज भएको थियो ।
जितसँगै बार्सिलोनाले १८ खेलबाट ४६ अङ्क बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा चार अङ्कले अगाडि छ । पराजित भिल्लारियल ३५ अङ्कसहित चौथो स्थानमा छ ।
यस्तै अर्को खेलमा एट्लेटिको म्याड्रिडले जिरोनालाई ३–० गोलले हरायो । जितसँगै ३७ अङ्क बनाएको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया