मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

मातृभूमि कप बास्केटबल सम्पन्न

छात्रमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा छात्रातर्फ चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
भक्तपुर, ६ पुसः मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फको उपाधि आयोजक मातृभूमि ‘ए’ र चिल्ड्रेन छात्रातर्फ बौद्ध चिल्ड्रेन हेभेन स्कुलले जितेका छन् ।
सानोथिमीस्थित घरेलु कोर्टमा भएको आजको फाइनल खेलमा मातृभूमि ‘ए’ का आभास राउतले १८ अङ्क जोडदै आफ्नै ‘बी’ टिमलाई ५६–२४ अङ्कले पराजित गर्दै मातृभूमि ‘ए’ च्याम्पियन बनेको हो ।
त्यस्तै छात्रातर्फ फाइनल प्रतिस्पर्धामा बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ अङ्क जोड्दै चेल्सी वल्र्ड स्कुललाई ३४–२८ अङ्कले पराजित गरि उपाधि जित्यो । फाइनल प्रतिस्पर्धामा सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन  आ–आफ्नो विधामा उत्कृष्ट खेलाडी घोषित भए । छात्रतर्फ मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा छात्रातर्फ मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिइन् ।
छात्रमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा छात्रातर्फ चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता घोषित भए । छात्रमा प्यारागन पब्लिक र छात्रातर्फ केएमसी अनुशासित टोली घोषित भए । उनीहरुलाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले आज पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार