मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

नवसंघर्षशील युवा क्लबले टिएसपी एफसी धनुषालाई हराउँदै प्रथम हरिपुर गोल्डकप जित्यो

प्रतियोगिताको सवोत्कृष्ट खेलाडी आयोजक क्लबका गोलरक्षक सत्रुधन चौधरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सर्लाही, पुस २ गते । आयोजक नवसंघर्षशील युुवा क्लब हरिपुरले टिएसपी एफसी धनुषालाई ३–१ ले पराजित गर्दै प्रथम हरिपुर गोल्डकपको उपाधी जितेको छ ।

हरिपुर नगरपालिका–२, सानो जगतपुर खेल मैदानमा खेलको ७ औँ मिनेटमा चन्दन दासको गोलबाट अग्रता बनाएको नवसंघर्षशीलले २५ औँ मिनेटमा सनिल लामाको गोलबाट अग्रता दोब्बर बनायो । धनुषाको कमजोर रक्षापंतीको फाइदा उठाउँदै आयोजकले खेलको मध्यान्तरअघि नै दुई गोल गर्न सफल भएको हो ।

खेलको ५२ औँ मिनेटमा नवसंघर्षशीलका राम वाजीले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुन पुग्यो । धनुषाका लागि खेलको इन्जुरी समयमा युग लामाले एक गोल गर्नुभयो ।

बिजेता अयोजक नवसंघर्षशील यूवा क्लबले प्रतियोगिताको ट्रफीसहित नगद एक लाख ५० हजार रुपियाँ हात पारेको छ । उपबिजेता टिएसपी एफसी धनुषाले भने ७५ हजार रुपियाँमा चित्त बुझायो ।

प्रतियोगिताको सवोत्कृष्ट खेलाडी आयोजक क्लबका गोलरक्षक सत्रुधन चौधरी बन्नुभएको छ । उहाँलाई नगद आठ हजार रुपियाँ प्रदान गरी सम्मान गरिएको छ ।

चौधरी नै प्रतियोगिताको वेष्ट गोलरक्षक, त्यसैगरी आयोजकका कुलदिप कार्की वेष्ट डिफेन्डर, आयोजककै राम वाजी वेष्ट मिडफिल्डर, टिएसपी एफसी धनुषाका सुदिप मगर वेष्ट फरवार्ड र आयोजक क्लबका मनोज कार्की वेष्ट कोच बन्न सफल हुनुभएको छ । उहाँहरुलाई जनही नगद पाँच हजार रुपियाँसहित सम्मान गरिएको छ ।

प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई संविधान सभा सदस्य रामचन्द्र चौधरी, प्रदेशसभा सदस्य बेची लुङ्गेली, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, आयोजक क्लबका अध्यक्ष अमृत घिसिङलगायत भएर पुरस्कार वितरण गर्नुभएको छ ।

हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ नं. वड कार्यालयको आर्थिक सहयोगमा पहिलो पटक हरिपुर गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार