श्रावण २, २०८२ शुक्रबार July 18, 2025

शुक्र ग्रहको वायुमण्डलमा भेटियो जीवन अस्तित्वकाे संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः खगोल शास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन भएको संकेत भएकाे बताएका छन्। ग्रहमा एउटा ग्याँस भेटेका छन् जसले शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना जनाइएको छ । भेटिएको ग्यासको नाम फस्फिन हो । एउटा यस्तो अणु जुन फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको छ ।

धर्तीमा फस्फिनको सम्बन्ध जीवनसँग छ । यो पेन्गुइन जस्ता जनावरको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको छ र दलदलजस्तो कम अक्सिजन भएको स्थानमा पाइन्छ । यो ग्यास माइक्रो ब्याक्टेरिया अक्सिजनको अनुपस्थितीमा उत्सर्जित हुन्छ ।

फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा त कारखाना छैनन् र निश्चित रुपमा त्यहाँ कुनै पेन्गुइन पनि छैनन् । त्यसो भए शुक्र ग्रहमा यो ग्यास किन छन्, त्यो पनि ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिर्भिटीका प्राध्यापक जेन ग्रिव्स र उनका सहकर्मीको मात्रै यहि प्रश्न छ ।

उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक पेपर प्रकाशित गरेको छ जसमा उनीहरुले शुक्रमा फस्फिन भेटिएको आफ्नो निगरानीलाई विस्तारसँग लेखेका छन् । साथै आफ्नो अनुसन्धानबारे लेखेका छन् जसमा उनीहरुले यो अणु कुनै प्राकृतिक, नन बायोलोजिकलमार्फत् बनेको हुनसक्ने बताउने कोसिस गरेका छन् ।

यद्यपि, वैज्ञानिकको समूहले शुक्रमा जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरुले यो सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।

वास्तवमा कार्डिफ युनिभर्सिटीका प्राध्यापक जेन ग्रिव्स र उनका साथीले हवाईको मौना केआ अब्जरवेटरीमा जेम्स क्लर्क म्याक्सवेल टेलिस्कोप र चिलिमा रहेको अटाकामा ‘लार्ज मिलिटरी ऐरी टेलिस्कोप’ को मद्दतले शुक्र ग्रहमा निगरानी राखे ।

यसमा उनीहरुले फस्फिनको स्पेक्ट्रक सिग्नेचरबारे पत्ता लगाए । तत्पश्चात् वैज्ञानिकले शुक्र ग्रहको बादलमा यो ग्यास अत्यधिक मात्रामा भएको सम्भावना जताए ।

शुक्र ग्रहबारे हालसम्म जति पनि जानकारी प्राप्त छ र त्यहाँ जस्तो स्थिती छ, त्यो हेर्दा फस्फिनको जति मात्रा त्यहाँ भेटिएको छ,  अहिलेसम्म फस्फिनको कुनै पनि अजैविक माध्यमबारे पत्ता लाग्न सकेको छैन । यसको अर्थ यो हो कि जीवनको सम्भावनामाथि विचार गर्न सकिन्छ । बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया