श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

मीनलाइ आज आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरु दिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ । राम्रो संगत तथा अग्रज सल्लाहले कामहरू समयमा अगाडी बढ्नेछन् । समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरूभन्दा अगाडी बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका आज समय राम्रो रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अनलाइन व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । अध्ययन वा कामलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्म भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवसायमा लगानी गरी लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । अध्ययन वा कामलाई बिट मार्दै यात्रामा निस्कन सकिनेछ । माया प्रेममा सामीप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा सक्रियता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यातित हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले अगाडी बढ्न हौसला मिल्नेछ । नसोचेको धन सम्पत्ति प्राप्त हुने योग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गर्न  सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । व्यापार तथा औद्योगिक क्षेत्रबाट आयआर्जन राम्रै हुनेछ भने व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । अध्ययन वा कामबाट फुर्सद निकाल्दै रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । अध्ययन वा कामलाई थाती राख्दै रमाइलो यात्रामा निस्कन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पति पत्नी बिचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ  । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्‍याउला । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारबाट नाफा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधन जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ ।  प्रेमील जोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् । खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यातित हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु
२०८३ श्रावण २९, शुक्रबार
स्पेनिश कप २०२७ मा टर्कीमा हुने
२०८३ श्रावण २९, शुक्रबार
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा
२०८३ श्रावण २९, शुक्रबार
सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
बंगलादेशका भावी राष्ट्रपतिमा बिएनपी उम्मेदवार आलमिगर सुनिश्चित
२०८३ श्रावण २९, शुक्रबार
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
२०८३ श्रावण २९, शुक्रबार
पहिरोले घर पुरिँदा बाजुरामा एक जना बेपत्ता, दुई घाइते
२०८३ श्रावण २९, शुक्रबार