पुष २९, २०८२ मंगलबार January 13, 2026

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

ब्राउनसुगर, हेरोइन र गाँजासहित विभिन्न स्थानमा प्रहरीको कडा कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ सेख्वानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलमिग्राम सहित भारत कुशीनगर कप्तानगंज-११ बस्ने २२ वर्षीय अतुल चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलटारीबाट खटिएको प्रहरीले युपि ५३ एएक्स ५५९४ नम्बरको कारलाई जाँच गर्दा उक्त पदार्थ फेला परी चालक चौधरी समेत दुबै जनालाई पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित सोही महानगरपालिका-१० भूमी प्रशासन चोक बस्ने ३० वर्षीय पप्पु रामलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सप्तरी, सुरूङ्गा नगरपालिका-१ सुस्लिङ टोलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याबलेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, डाइजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित उदयपुर त्रियुगा नगरपालिका-३ रामजानकीटोल बस्ने २२ वर्षीय रूपेश कुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले प्रदेश-१-०५-००१ प ९०८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बारा, सिम्रौनगढ नगरपालिका-३ ब्रह्मस्थानबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पचरौता नगरपालिका-३ रामनगर बस्ने ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय  पुनदेव पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले ना. ५४ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित मोरङ विराटनगर महानगरपालिका-५ बस्ने ३४ वर्षीय महम्मद समसिरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले काठमाडौंबाट राजबिराजतर्फ जाँदै गरेको बा. ५ ख १९६७ नम्बरको हायस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

जुम्ला, चन्दननाथ नगरपालिका-६ छिना गाउँ बस्ने २२ वर्षीय कविन्द्र रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ४० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा करिब ५३ किलो ५ सय ७० मिलिग्राम सहित राक्सिराङ गाउँपालिका-९ अठारे बस्ने ३० वर्षीय हिरालाल प्रजा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र.०१-००६ ख ७७०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल सहित सोही नगरपालिका-१२ बस्ने २४ वर्षीय सरोज मगर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००१ ज ०२५० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार