श्रावण २०, २०८३ बुधबार August 5, 2026

राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता

महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी पोखरेल खसआर्य महिलातर्फ उम्मेदवार रहेकी थिइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी छिन् ।

प्रतिनिधि सभाको समानुपातिक सांसदका लागि काँग्रेसले समानुपातिकको बन्द सूचीमा खसआर्य महिलातर्फ उनको नाम राखिएको थियो । हिजो आयोगमा उनले नाम फिर्ता लिएकी हुन् ।

उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् । निर्वाचन आयोगले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिन चाहनेलाई सोमबार (पुस २८)को दिन तोकेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया