श्रावण २०, २०८३ बुधबार August 5, 2026

आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगंज । आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपालबीच पार्टी एकता भएको छ । जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित हुँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती भएको छ ।

वीरगंजमा आज दुबै पार्टीका बीचमा पार्टी एकता सहित निर्वाचनमा आजपाको मोवाइल चुनाव चिन्हबाट चुनाव लड्ने सहमती भएको हो । सहमती पत्रमा आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र जन अधिकार पार्टी नेपालका अध्यक्ष ईमदाद गद्दीले हस्ताक्षर गरेका थिए ।

‘आम जनता पार्टी र जन अधिकार पार्टी नेपालबीच एकता सहित मोवाइल छापबाट चुनाव लड्ने सहमति भयो,’ दुबै पार्टीले गरेको सहमती पत्रमा उल्लेख छ ।

यसअघि आजपाले जनादेश पार्टी, लघुवित्त पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतका चुनावी सहमती एवं गठबन्धन गरेको छ । समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको आजपाले १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा उतार्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया