असार २६, २०८२ बिहिबार July 10, 2025

नेप्से ओरालोतर्फ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ ।

होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ । स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीले रु १३ करोड १३ लाख ८२ हजार ८५० बराबरको कारोबार गरेको छ ।

यस्तै, नेको इन्सुरेन्स रु सात करोड २५ लाख ८१ हजार ५५८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड १७ ५७ हजार ३०८, कुमारी बैंक रु सात करोड १४ लाख १५ हजार ९९७ र नेपाल बैंक रु छ करोड ९३ लाख ५४ हजार ७१३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । दिव्यश्वरी हाइड्रोपावर १०, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९२, रिलायन्स लाइफ इन्सुरेन्स ९.८६, खानीखोला हाइड्रोपावर कम्पनी ९.८४, घलेम्दी हाइड्रो ९.५९ र युनियन हाइड्रो पावरका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । यस्तै, माउण्टेन हाइड्रो ४.८५, राधी विद्युत् कम्पनी ४.०२, गोर्खाज फाइनान्स ३.८३, एचआइडिसिएल ३.८२ र एनआइसि एशिया ऋणपत्रका लगानीकर्ताले ३.८१ प्रतिशतले गुमाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार