पुष २९, २०८२ मंगलबार January 13, 2026

अवैध लागूऔषधसहित ११ जना पक्राउ

प्रहरीले छुट्टाछुट्टै स्थानमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लियो कारोबारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । देशका विभिन्न स्थानमा गरिएको नेपाल प्रहरी कारबाहीका क्रममा अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन्।

लागुऔषध ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छुट्टाछुट्टै स्थानमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सगरमाथा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४६ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भएका ३२ वर्षीय विशाल राई र सुनसरी कोशी गाउँपालिका-२ घर भएका २४ वर्षीय दयानन्द यादव रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बर कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३७ वर्षीय रफिक खानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भे.११ प ३६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राधेश्याम चौधरी र सोही उपमहानगरपालिका-८ बस्ने २० वर्षीय उमेश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-२ मोतिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-३ चिसापानी बस्ने २३ वर्षीय सुदिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-४ बिर्तामोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ५० मिलिग्राम र  नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५५ ट्याब्लेट सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ बस्ने २३ वर्षीय राजा माझी, सोही नगरपालिका-१ बस्ने २९ वर्षीय टेक बहादुर कुमाल र ३३ वर्षीय हर्क बहादुर कुमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित सोही ठाउँ बस्ने ३६ वर्षीय राज कुमार सेनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  बेलचौताराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ५० मिलिग्राम सहित भारत बहराइज बाबागन्ज उत्तर प्रदेश बस्ने २९ वर्षीय कलिम सलमानीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु
२०८२ पुष २९, मंगलबार
राष्ट्रपति पुत्री संज्ञाले लिइन् समानुपातिक बन्द सूचीबाट नाम फिर्ता
२०८२ पुष २९, मंगलबार
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्छ : सभामुख घिमिरे
२०८२ पुष २९, मंगलबार
जनमत पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खड्कासहित १०२ जनाले पार्टी परित्यागको घोषणा
२०८२ पुष २९, मंगलबार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
२०८२ पुष २९, मंगलबार
आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण
२०८२ पुष २९, मंगलबार
उद्योग, पर्यटन र युवा उद्यमको विकासबिना समृद्धि सम्भव छैन : मन्त्री श्रेष्ठ
२०८२ पुष २९, मंगलबार