पुष २२, २०८२ मंगलबार January 6, 2026

एमाले गोरखाद्वारा चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस

क्षेत्र नं १ बाट आरसी लामिछाने र लीला न्यौपानेको नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा, पुस १८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ ।

जिल्ला कमिटीको आज बसेको बैठकमा गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उम्मेद्वारका नाम प्रदेश कमिटीमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिनुभयो ।

एमाले गोरखा क्षेत्र नं १ बाट दुई जना र क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गरेको उहाँले बताउनुभयो । एमाले प्रतिनिधिसभा गोरखा क्षेत्र नं १ बाट आरसी लामिछाने र लीला न्यौपानेको नाम सिफारिस गरेको छ ।

त्यसैगरी प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का लागि एमालेले तीन जना नेताको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरेको हो ।

पार्टीका पूर्वजिल्ला कमिटी सचिव बाबुराम थापा र  महिला नेतृ शशिकला पोखरेललाई पनि सोही क्षेत्रबाट उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ ।

बैठकले दुुवै क्षेत्रमा समानुपातिक, जातीय, भौगोलिक लैङ्गिक सन्तुलन कायम गरी उम्मेद्वारको सिफारिस गरेको सचिव रोकाले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार