श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा एमाले लगायतका दलहरूसँग गठबन्धन गर्ने

एमालेलाई ६ र नेकपालाई ४ तथा जसपा नेपाललाई एक सिट दिने गरी गठबन्धन गर्ने गृहकार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा (एमाले)लगायतका दलहरूसँग गठबन्धन गर्ने भएको छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, जसपालगायतका दलसँग तालमेल गर्ने विषयमा छलफल भएको हो । कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले दलहरूसँग छलफल गर्नुभएको छ ।

सोमबार बिहान गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तालमेलबारे कुराकानी गरेको जानकारी कार्यवाहक सभापति खड्काले बैठकमा दिनुभएको थियो । दलहरूबीच तालमेल गर्ने विषयमा सैद्धान्तिक सहमति जुटे पनि कुन दलले कति सिट लिने भन्ने विषय टुङ्गिएको छैन ।

नेपाली कांग्रेसले राष्ट्रिय सभाका रिक्त १९ सिटमा हुन लागेको चुनाव मध्ये ८ सिट दाबी गर्ने गरेको छ । तर सात सिटमा सहमति हुन सक्ने नेताहरूले बताएका छन् । एमालेलाई ६ र नेकपालाई ४ तथा जसपा नेपाललाई एक सिट दिने गरी गठबन्धन गर्ने गृहकार्य अघि बढिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’
२०८३ श्रावण २१, बिहिबार
बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने
२०८३ श्रावण २१, बिहिबार
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
२०८३ श्रावण २१, बिहिबार
शिक्षामन्त्री समक्ष विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीको शपथ
२०८३ श्रावण २१, बिहिबार
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने
२०८३ श्रावण २१, बिहिबार
घाइते जेनजी युवाको उपचारका लागि सरकार प्रतिबद्ध : गृहमन्त्री
२०८३ श्रावण २१, बिहिबार
गृहमन्त्री गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग मागे माफी
२०८३ श्रावण २१, बिहिबार