पुष २२, २०८२ मंगलबार January 6, 2026

इलाम २ बाट सुहाङ नेम्वाङ्ग एकल सिफारिस

सिफारिसमा परेका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य र भट्टराई सूर्याेदय नगरपालिकाकी पूर्वप्रमुख हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम, पुस १९ गते । पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दैगएका एमाले नेता सुहाङ नेम्वाङलाई  नेकपा (एमाले) इलाम क्षेत्र–२ ले प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

आज क्षेत्र नम्बर २ को माङ्सेबुुङस्थित गजुरमुखीमा सम्पन्न एमालेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी बैठकले सुहाङको नाम सर्वसम्मत् सिफारिसको निर्णय गरेको एमाले इलामका अध्यक्ष गणेशप्रसाद बरालले बताउनुु भयो ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित नेम्वाङ गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी हुुनुु भएको थियो । नेम्वाङका  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याउनुु भएको थियो ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै विजयी बनेका नेम्वाङ अहिले आफ्नो निर्वाचन क्षेत्रमा खटिने सांसदमध्ये सक्रिय मानिनुु हुुन्छ ।

गत असोज १८ गतेको विपद्पछि जिल्लाका दुुबै निर्वाचन क्षेत्र भएका विपद्को घटनामा परेका प्रत्येकजसो पीडित परिवारलाई भेट्न पुुगेका नेता नेम्वाङले जिल्लाको पुुनर्निर्माणका लागि केन्द्रमा बजेटको खबरदारी गर्न सहयोग गरेकाले केही रकम जिल्लामा पार्न सकिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईको भनाइ छ ।

उता एमालेले इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्र १ का लागि निवर्तमान सांसद महेश बस्नेत, काजीमान कागते र दुुर्गादेवी भट्टराईको नाम सिफारिस गरेको जनाएको छ । बस्नेत २०७९ सालमा सम्पन्न निर्वाचनमा सोही क्षेत्रबाट २५ हजार सातसय ५३ मत ल्याएर  विजयी हुुनुु भएको थियो ।

बस्नेतका निकटतम् प्रतिद्वन्द्वी पूूर्व प्रधानमन्त्री झलनाथ खनालले २३ हजार ८९ मत ल्याउनुु भएको थियो । सिफारिसमा परेका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य र भट्टराई सूर्याेदय नगरपालिकाकी पूर्वप्रमुख हुनु हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार